This blog gives knowledge on random topics related to social, technical and many more.
Saturday, December 16, 2017
मोबाइल लक भयो र पासवर्ड बिर्सिनु भयो भने अब यसरी सहजै खोल्नुहोस
अहिलेको जमानामा प्राय जसो सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन, चाहे त्यो प्याट्रन लक् होस् या पिन वा सेकुरिटी लक तर कहिलेकाहीँ हामीले आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन्छौ ।
यदि यसो भएमा यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण फोन नै फेर्न पर्ने समस्या सम्म आउन सक्छ तर यी सजिला पाँच उपाय बाट लक भएको मोबाइल खोल्न सकिन्छ |
१. पहिला मोबाइललाई स्विचअफ गर्नुस् ।
२. त्यसपछि आफ्नो मोबाइलको भोल्युम बटन, होम स्क्रिन बटन र पावर बटन एकै पटक दबाउनुस्।
३. त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँचवटा अप्सन देखिनेछन् । - Reboot Data, Wipe data/Factory Reset, Install Update, Power down र Advance Options जसमा तपाईँले वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गर्नुस्।
४. Wipe data/Factory Reset लाई सेलेक्ट गरिसकेपछि तपाईँलाई अर्को अप्सन देखाउँनेछ। जसमा Yes सेलेक्ट गर्नुस्। तर त्यसो गर्दा तपाईँको फोनको फोटो हरु, डाटा र कन्टेन्ट सबै डिलिट हुनसक्छ।
५. यी सबै ४ नम्बरको प्रक्रियामा आधारित हुनेछ। जसले केही समय लाग्न सक्छ। यसपछि भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई रि-स्टार्ट गर्नुस्। त्यसपछि तपाईँको हातमा अनलक भइसकेको स्मार्टफोन हुनेछ ।
No comments:
Post a Comment